१९ वर्षीया किशोरीलाई जबरजस्ती करणी (बलात्कार) गरेको अभियोग लागेका दुई युवालाई प्रहरीले पक्राउ गरेको छ ।
लुम्बिनी प्रदेश प्रहरीले दिएको जानकारी अनुसार, बर्दिया ठाकुरबाबा नगरपालिका–६ तुल्सीपुर बस्ने २४ वर्षीय बिनोद परियार र २० वर्षीय नवराज परियारलाई प्रहरीले आइतवाराती पक्राउ गरेको हो ।
उनीहरूले ती किशोरीलाई ललाई फकाई भे.१०प ५५२ नम्बरको मोटरसाइकलमा सोही नगरपालिका–७ बठनपुरस्थित जङ्गलको छेउमा रहेको मचानमा लगि दुवै जनाले जबरजस्ती करणी गरेको आरोप छ ।
उनीहरुविरुद्ध उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट बकुवा र ईलाका प्रहरी कार्यालय भुरिगाउँ बर्दियाबाट खटिएको प्रहरीले मोटरसाइकलसहित पक्राउ गरेको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको पनि जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्