प्रेस काउन्सिल नेपालले सामग्री खरिद गर्न अनुदान दिने

११ मंसिर- काठमाडौं,  प्रेस काउन्सिल नेपालले अनुदानमा सञ्चार सामग्री खरिद गर्न चाहने पत्रकार एवं सञ्चारमाध्यमलाई आवेदन दिन आग्रह गरेको छ । काउन्सिलले आज एक सूचना प्रकाशित गरी काउन्सिलको स्वीकृत नीति एवं बजेट तथा कार्यक्रमअनुसार मोफसलमा रहेका पत्रकार र सञ्चारमाध्यमलाई विभिन्न सुविधा उपलब्ध गराइँदै आएको तथा आर्थिक वर्ष २०८१र८२ का लागि ३५ दिनभित्र प्रेस काउन्सिल नेपाल मिडिया विकास कोषको सचिवालयमा लिखित वा अनलाइन माध्यममार्फत आवेदन दिन आग्रह गरेको छ ।

सहयोग गराइने क्षेत्र र सीमाअन्तर्गत ल्यापटप खरिद अनुदान (४० प्रतिशत) १६थान, क्यामेरा खरिद अनुदान (३० देखि ४० प्रतिशत) चार थान, सोधपत्र लेखन सातजना (प्रत्येक प्रदेशबाट एकजनाका दरले) तथा सञ्चारद केन्द्र स्थापना अनुदान एकवटा सुविधाका लागि आवेदन दिन सकिने काउन्सिलद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।

 

दुर्गम, स्थानीय सञ्चारमाध्यम र यसअघि उपलब्ध नभएका जिल्लालाई पहिलो प्राथमिकता हुने एवं निवेदनमा निवेदकको हस्ताक्षर, सम्पर्क नम्बर, आवश्यक कागजात र इमेल अनिवार्य हुनुपर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्