अस्पतालमा भएको आगलागीमा परी बिरामीहरुको मृत्यु

१७ असोज – ताइवान, दक्षिणी ताइवानको पिङटुङ काउन्टीमा बिहीबार अस्पतालमा भएको आगलागीमा परी समाचार तयार पार्दासम्म आठ जनाको मृत्यु भएको छ। यद्यपि, ताइवानबाट सम्प्रेषित एएफपीको समाचारमा मृतक सङ्ख्या नौ पुगेको बताइएको छ।

पिङटुङ काउन्टी सरकारले आगलागीस्थलबाट उद्धार गरिएका छ जना पुरुष र दुई जना महिला गरी आठ जनाको घटनास्थलमा नै मृत्यु भएको जनाएको छ।

स्थानीय दमकल विभागले बिहान ७ः४१ बजे अन्ताइ तियान–शेङ मेमोरियल अस्पतालको एक भवनबाट बाक्लो धुवाँ निस्केको जानकारी पाएको जनाएको छ।

अस्पताल भवनको मेशिन कक्षमा एयर कम्प्रेसर जलाइएका कारण आगलागी भएको र अधिकांश पीडितहरू अस्पतालमा भर्ना भएका वृद्ध बिरामीहरू रहेको थिए।

घटनास्थलमा रहेका उद्धारकर्मीले स्थानीय सञ्चारमाध्यमलाई आगो नियन्त्रणमा आइसकेको बताएका छन्।

रासस

प्रतिक्रिया दिनुहोस्