काठमाडौंबाट बाहिरन थाले गाडि

१४ असोज- काठमाण्डौ, उपत्यका बाहिरबाट आएका गाडीलाई काठमाण्डौ भित्रिन मात्रै अनुमति दिएकोमा आज दिउँसो ४ बजेदेखि गाडीलाई बाहिरिन पनि दिइएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

झ्याप्ले खोलाको पहिरो पन्छाएर गएरातिदेखि नै एकतर्फी गाडी चलिरहेका थिए । काठमाण्डौ आउनका लागि चार दिनदेखि पालो कुरेका झन्डै १८ सय वटा गाडीलाई काठमाण्डौ भित्रिन दिएपछि बल्ल अहिले काठमाण्डौबाट बाहिरिने गाडीका लागि सडक खुलाइएको छ ।

तर नागढुङ्गा–नौबिसे हुँदै मुग्लिनसम्म नै विभिन्न ठाउँमा ठूला पहिरो झरेकाले ठाउँठाउँमा सडक एकतर्फी मात्रै खुलेको छ । काठमाण्डौबाट एकैपटक धेरै गाडी छुटेमा एकतर्फी सडक भएका ठाउँमा ठूलो जाम पर्न सक्ने जोखिम छ ।

अझै पनि अत्यावश्यक कामबाहेक यात्रा नगर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्