सुदूरपश्चिम प्रदेश सरकारले ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रुपैयाँको बजेट ल्यायो

३१ भाद्र – काठमाडौं, सोमवार सुदूरपश्चिम प्रदेश सरकारले साढे ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रुपैयाँको बजेट ल्याएको छ । तत्कालीन सरकारले असार १ गते प्रदेश सभामा पेश गरेको बजेटलाई परिमार्जन गर्दै सोमबार प्रदेशका आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले चालु आर्थिक वर्ष २०८१\८२ को बजेट पेश गरेका हुन् ।

थापाले चालु तर्फ १२ अर्व ८५ करोड ७४ लाख ५ हजार ४०.६५ प्रतिशत र पुजिगत तर्फ १८ अर्व ७६ करोड २४ लाख २३ हजार ५९.३२ प्रतिशत विनियोजन गरेको बताए । त्यस्तै उनले वित्तिय व्यवस्था तर्फ एक करोड अर्थात ९०.०३ प्रतिशत विनियोजन गरिएको बताए ।

 

अघिल्लो सरकारल ल्याएको बजेट प्रदेश सभाबाट पास नभएपछि नवगठित सरकारले बजेट ल्याएको हो । आजको बैठक नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रले भने बहिस्कार गरेका थिए । प्रतिपक्षी दलको विरोधकाबीच सरकारले बजेट प्रस्तुत गरेको हो ।

यस अघि दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले पनि सोही आकारको बजेट ल्याएको थियो । तर उक्त बजेटको योजना तथा कार्यक्रमहरु परिमार्जन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्