भारततर्फ जाँदै गरेको कारबाट ४३ किलो अवैध गाँजासहितर दुई जना पक्राउ

३१ भाद्र – मोरङ,  विराटनगरबाट भारततर्फ जाँदै गरेको एउटा कारबाट ४३ किलो अवैध गाँजा बरामद गर्नुका साथै दुई जना पक्राउ परेका छन्।

प्रहरी कार्यालय मोरङका अनुसार महानगरपालिकाको वडा नम्बर १५ स्थित सीमा क्षेत्रमा बा ८ च ७८८० नम्बरको कारमा गाँजासहित चालक विराटनगर–१५ का ३२ वर्षीय गणेश चौधरी र कारमा सवार विराटनगर–१३ का २२ वर्षीय राजेश परियार पक्राउ परेका हुन।

इलाका प्रहरी कार्यालयको टोली र लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरको संयुक्त टोलीले बिहान करिब ९ बजे सूचनाका आधारमा दुवै जनालाई पक्राउ गरेको हो ।

भारतको जोगबनी जाँदै गरेको कारमा शंका लागेपछि प्रहरीले कारको चेकजाँच गरेको थियो। सोही क्रममा कारबाट ४३ किलो गाँजा बरामद भएको हो। नियन्त्रणमा रहेको कार र गाँजासहित पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखेर प्रहरीले थप अनुसन्धान सुरु गरेको छ।

प्रतिक्रिया दिनुहोस्