२७ भाद्र- काठमाडौं, बिहीबार नेप्से परिसूचक ७८.१७ अंकले बढेर २६८८.३८ बिन्दुमा पुगेको छ । कारोबार शुरु भएलगत्तै केही अंकले घटेको नेप्से त्यसपछि सम्हालिँदै कारोबार अवधिको अन्तिम एक घण्टामा उच्च अंकले बढेको हो ।
यसदिन सेन्सेटिभ इण्डेक्स १३.३९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ५.३८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.८३ अंक बढेको छ। आज १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहबाहेक अन्य सबै उपसमूहको परिसूचक बढेको छ ।
अघिल्लो बुधबारदेखि निरन्तर घटिरहेको नेप्से ओरालो लाग्ने बुलिश सिग्नल देखिएको हो ।
यस दिन कारोबार रकम पनि बढेको छ । बुधबार ६ अर्ब ८५ करोड रुपैयाँको कारोबार भएकोमा आज ८ अर्ब १६ करोड रुपैयाँको १ करोड ९४ लाख ३३ हजार १५४ कित्ता शेयर खरिदबिक्री भएको छ ।
प्रतिक्रिया दिनुहोस्