श्रीमान खुकुरीसहित पक्राउ, श्रीमतिको मृत्यु

२६ भाद्र – कास्की, अन्नपूर्ण गाउँपालिका-१ नौडाँडा घर भइ हाल पोखरा-८ कुँवरटोल बस्दै आएकी ४० वर्षीया राधिका कुँवरको हत्या गरेको आरोपमा उनका श्रीमान ४२ वर्षीय जहरसिँह कुँवरलाई प्रहरीले आज पक्राउ गरेको हो।

श्रीमानले सामान्य विवादका क्रममा श्रीमती राधिकामाथि खुकुरी प्रहार गरेका थिए।

उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिए पनि उनलाई बचाउन नसकिएको प्रहरीले जनाएको छ।

छिमेकीले घटनाबारे जानकारी गराएपछि वडा प्रहरी कार्यालय बैदामको टोलीले राधिकालाई उपचारका लागि अस्पताल लगेको थियो। जहरसिँह खुकुरीसहित पक्राउ परेका हुन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्