इन्धन बोकेको ट्याङ्कर र ट्रक ठोक्किँदा नाइजेरियामा कम्तीमा ५२ जनाको मृत्यु

२४ भाद्र- नाइजेरिया, उत्तरी नाइजेरियाको नाइजर राज्यमा यात्रु र गाईवस्तु बोकेको ट्रकसँग इन्धन बोक्ने ट्याङ्कर ठोक्किँदा कम्तीमा ५२ जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार आइतबार दिउँसो दुर्घटना भएको स्थानीय आपतकालीन व्यवस्थापन निकायले जनाएको छ ।

दुर्घटनाकाे भिडियोमा दुवै गाडीमा आगो लागेको देखिन्छ ।  आपतकालीन निकायका प्रवक्ता हुसेन इब्राहिमले विगत केही वर्षयताकै भयानक दुर्घटना भएको बताए ।

सडकको खराब अवस्था, पूराना सवारी साधन र चालकको लापर्बाहीका कारण अफ्रिकामा यस्ता दुर्घटना हुने गरेका छन् ।

 

-एजेन्सी

प्रतिक्रिया दिनुहोस्