एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तेस्रो खेलमा
नेपालले आज भारतको सामना गर्दैछ ।
राष्ट्रिय खेलकुद परिषद राखेपको कभर्डहलमा नेपालले भारतको दिउँसो ३ बजे सामना गर्नेछ । नेपाल आज
लगातार तेस्रो जित निकाल्ने योजनामा रहेको छ । पहिलो खेलमा नेपालले
किर्गिस्तान र दोस्रो खेलमा बंगलादेशलाई सोझो सेटमा हराएको थियो ।नेपाल
आज भारतलाई हराएर समूह विजेता बन्दै सेमिफाइनल पुग्ने योजनामा रहेको
छ । दुई खेल जितिसकेको नेपाल समूह ’ए’ बाट अन्तिम चारमा पुगिसकेको छ
।भारत पनि दुई खेल जित्दै सेमिफाइनल पुगिसकेको छ ।
घरेलु टोलीलाई हराएर भारत समूह विजेता बन्न चाहन्छ । यस समूहबाट बंगलादेश र
किर्गिस्तान समूह चरणबाट बाहिरिसकेको छ । यस्तै समूह ’बी’ बाट
काजकिस्तान र उज्वेकिस्तानले अन्तिम चारमा स्थान बनाएका छन्
।प्रतियोगिता अन्तर्गत आज बंगलादेश र किर्गिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।यस्तै
उज्वेकिस्तान र काजकिस्तान तथा श्रीलंका र माल्दिभ्सबीच समेत प्रतिस्पर्धा
हुनेछ ।
राखेपको विशेष सहयोग तथा नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ ।।
प्रतिक्रिया दिनुहोस्