‘होममेड ग्रिनेट’ विस्फोट हुँदा २ जना बालबालिकाको मृत्यु

१४ भाद्र- पाँचथरको फालेलुड गाउपालिका-५. प्राङवुङको डाडागाउँ टोलमा विस्फोटमा घाइते थप एक बालकको मृत्यु भएको छ। विस्फोटमा परी गम्भीर घाइते स्थानीय दिलिप सांवाका ११ वाषीय छोरा दिप्सनको मत्यु भएको हो ।

बिहीबार दिउसो माओवादी कार्यकर्ता आइतराज केरुङको घरमा बस्दे आएका ज्ञानबहादर राईका १० वर्षीय छोरा पबन, स्यस्थानी दिलीप साँवाका ११ वर्षीय छोरा दिप्सन र अढाई वर्षीया छोरी प्रिन्सा घाइते भएका थिए।

घाइते भएलगत्तै पाँचथर अस्पताल पुर्याए पनी थप उपचारका लागि उनीहरूलाई झापा रेफर गरिएको थियो । उपचारका लारि लैजाने ऋममा, प्रन्साको राति १० बजे इलाम पुर्याउदा बाटोमै र दिप्सनको राती १ वजे बी एन्ड सी अस्पताल झापा पुर्याउदा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय पाँचथरलेजनाएको छ।

घाइते बालक पवनका भन पांचथर अस्पतालमे उपचार भहरहेको प्रहरीले जनाएको छ, उनको अवस्था सामान्य रहेका छ। उनीहरू घरेलु ग्रिनेड पड्केर घाइते भएको हन सक्ने प्रहरीको अनुमान छ।

घटनास्थलमा अर्को एउटा शंकासपद बस्तु पनी भेटिएकाले बम हो होइन यकिन गरी डिस्पोज गर्न नेपाली सेनाको डिस्पोजल टोली त्यसतर्फ गएको छ र ग्रिनेड कहिले र कसले राख्यो भन्ने नखुलेकाले अन्सन्धान भइरहेको प्रहरीले जनाएको छ। विस्फोट भएको घरका धनी आइतराज माओवादी कार्यकता हुन्। त्यो घरमा अहिल ज्ञानबहादुर राईको परिवार बस्दै आएको छ। बम द्वन्दकालमा लुकाइएको हुन सक्ने  स्थानीयले आशंका गरका छन् ।

प्रतिक्रिया दिनुहोस्