१४ भदौ, गुल्मी, जिल्लाको इस्मा गाउँपालिका वडानम्बर–६ अम्मपुर दोबाटा निवासी ३५ वर्षीया राधा विक र ३० वर्षीया सीता विक चट्याङ लागेर घाइते भएका छन ।
बिहीबार बेलुकी परेको चट्याङबाट उनीहरुको गोठमा रहेको एउटा बाख्रो मरेको छ ।
उनीहरुको उपचार गुल्मी अस्पतालमा उपचार भइरहेको छ र उनीहरु दुवैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्