वडासचिवमाथि कुटपिट र दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ

७ भाद्र- दैलेख, दैलेखमा वडासचिवमाथि कुटपिट र दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ परेका छन् । जन्मदर्ता प्रमाणपत्र बनाउने प्रक्रियामा झन्झट थपेको भन्दै पक्राउ पर्ने प्यक्तिले कुटपिट र दुर्व्यवहार गरेका हुन

चामुण्डाबिन्द्रासैनी नगरपालिका–४ का वडासचिव गोपीप्रसाद जैसीलाई दुर्व्यवहार गर्ने त्यही वडाका २३ वर्षीय हिक्मत शाही ठकुरीलाई हुन।

२३ वर्षको युवकले अहिलेसम्म किन जन्मदर्ता नबनाएको वा बन्न सकेन भन्ने विषयमा वडाका जनप्रतिनिधिसमेतको रोहबरमा सर्जिमिन मुचुल्का बनाउनुपर्छ भनेपछि आफूमाथि कुटपिट भएको वडासचिव जैसीले बताए ।

जाँड–रक्सी खाएर आएका व्यक्तिले कर्मचारीमाथि कुटपिट र दुर्व्यवहार गरेका चामुण्डाबिन्द्रासैनी नगरपालिका–४ का वडाध्यक्ष भक्तबहादुर शाहीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्