६ श्रावन- काठमाडौं, एसिसि महिला एसिया कप २०२४ मा नेपाललाई पाकिस्तानले ९ विकेटले हराएको छ
नेपालले २० ओभरमा १०८ रन बनाएको थियो भने पाकिस्तानलाई १०९ रनको टारगेट दिएको थियो, १०९ रनको टारगेटमा पाकिस्तानले ११० रन बनाएको थियो
नेपालले २० ओभरमा ६ विकेट गुमाएको थियो भने पाकिस्तानले १ विकेट गुमाएको थियो
नेपालका लागि सिता राना मगरले सर्वाधिक २६ रन बनाइन । ३० बलको सामना गरेकी उनले तीन चौका प्रहार गरिन् । त्यस्तै पुजा महत्तो र कविता जोशीले अन्तिममा महत्वपूर्ण साझेदारी गर्दा नेपालले सम्मानजनक योगफल खडा गरेको हो ।
२३ बलको सामना गरेकी जोशीले नटआउट ३१ रनको योगदान दिइन् । यता ३२ बलको सामना गरेकी महत्तोले तीन चौकाको मदतमा २५ रन बनाइन् । उनी २० औं ओभरमा रन आउट भएकी थिइन् ।
कविता कुँवर १३, सम्झना खड्का ४ रनमा आउट हुँदा कप्तान इन्दू बर्माले रनको खाता नै खोल्न सकिन्न् । त्यस्तै रुबिना क्षेत्री ८ बनाएर रन आउट भइन् ।
प्रतिक्रिया दिनुहोस्