माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मतका लागि गर्यो ह्विप जारी

२६ आषाढ – काठमाडौँ,  प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ गते लिने विश्वासको मतका लागि नेकपा(माओवादी केन्द्र)ले ह्विप जारी गरेको छ । बुधबार बसेको माओवादी केन्द्रको संसदीय दल बैठकले प्रधामन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन ह्विप जारी गर्ने निर्णय गरेको हो ।

बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिन प्रतिनिधिसभामा रहेका अन्य राजनीतिक दलहरूलाई अपिल गरेको छ ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले असार २८ गते विश्वासको मत संविधानका व्यवस्था अनुसार लिने । विश्वासको मतका लागि दलको तर्फबाट ह्विप जारी गर्ने सँगसँगै संविधान कार्यान्वयनका लागि, संविधान रक्षाका लागि र नेपाली जनताको लागि हित चाहने प्रतिनिधिसभाका सबै राजनीतिक दल, स्वतन्त्र माननीय सदस्यहरूलाई पनि विश्वासको मतको पक्षमा मत दिन अपिल गर्ने, आह्वान गर्ने, कुराकानी गर्ने भन्ने निर्णय भएको बताएका छन ।

प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूसँग सरकारलाई निरन्तरता दिने वचन दिएर काँग्रेससँग सरकार बनाउने सहमती गरेको भन्दै ओलीले ढाँटछल गरेको ब्रिफिङ गरेको प्रमुख सचेतक पाण्डेले जानकारी दिए । पाण्डेले प्रधानमन्त्रीले विश्वासको मत नपाएको अवस्थामा संविधानको धारा ७६(३) बमोजिमको सरकार बन्ने जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्