नक्कली प्रहरीको समूहले लुटे २ करोड

९ आषाढ – भक्तपुर, भक्तपुरको दधिकोटमा एक व्यवसायीको घरमा नक्कली प्रहरीको समूहले लुटपाट गरेको छ ।
गत मंगलबार दिउँसो १ बजे चारजनाको समूह आएर घरभित्र छिरेको थिए । उनिहरु दुईवटा मोटरसाइकलमा पुगेका थिए । उनीहरूले प्रहरीको कार्ड भन्दै परिचयपत्र पनि देखाएका थिए ।

त्यो समूहले आफूहरू प्रहरी हौँ भन्दै घर खानतलासी अनुमतिका लागि घर धनीसँग कागज समेत गराएको उल्लेख छ । यद्यपि दुई करोड रुपैयाँ लुटपाट भयो या हुन पाएन भन्नेबारे पनि अनुसन्धान भइरहेको छ । पक्राउ परेका दुई जनाबाट करिब ६ लाख रुपैयाँ मात्रै बरामद भएको छ ।

उनीहरूले झोलामा रहेको रकम लिएर भागेको प्रहरीले प्राप्त गरेको सीसीटीभी फुटेजमा देखिएको छ । लुटपाट गर्न पुगेको समूहले प्रहरीको नक्कली परिचयपत्र बनाएको पाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले बताए । अनुसन्धान अझै जारी रहेकाले केही खुल्न बाँकी रहेको उनले बताए ।

प्रहरीले घरधनीमाथि पनि अनुसन्धान गरिरहेको छ । कसरी र कुन माध्यमबाट घरमा यति धेरै रकम जम्मा गरियो भन्नेबारे सोधपुछ भइरहेको बताइएको छ । भक्तपुर प्रहरी र उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।

घटनामा संलग्न भनिएका २ जना पक्राउ परेका छन्, भने २ जना फरार छन् ।

प्रहरीले अनुसन्धान भने गोप्य रूपमा जारी राखेको थियो । घटनाको पाँच दिनपछि शनिबार उनीहरू पक्राउ परेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्