कैलालीको मध्यवर्ती घोडाघोडी नगरपालिकामा डुबेर एक बालिकाको ज्यान गएको छ ।
घोडाघोडी नगरपालिका वडा नं. ५ सेउकलियाका जयराम नेपालीकी छोरी १२ वर्षीया श्रृष्टी नेपालीको डुबेर मृत्यु भएको हो ।
कान्द्रा नदीमा डुबेर उनको शुक्रबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । नुहाउने क्रममा डुबेर अशक्त भएकी उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्रोतः हाम्रो पत्र
प्रतिक्रिया दिनुहोस्