एकै दिन पाँच लाख बढीको तस्करीको सामान बरामद

११ जेष्ठ – कैलालीबाट प्रहरीले एकै दिन पाँच लाख बढीको तस्करीको सामान बराद गरेको छ।

जिल्लाको धनगढी उपमहानगरपालिका–३ ट्राफिक चौराहा, धनगढी–४ बसपार्क, धनगढी–१९ फुलवारी, भजनी नगरपालिका–६ थापापुर, भजनी–८ खैराबाट प्रहरीले भन्सार छलिका सामान बरामद गरेको छ।

 

यस्तै टीकापुर नगरपालिका–७ वैदी, गौरीगंगा नगरपालिका–४ खुरखुरिया, जोशिपुर गाउँपालिका–१ पिपलकोटी, जोशिपुर–४ बाणी, कैलारी गाउँपालिका–४ के गाउ, कैलारी–५ पबेराबाट भन्सार छलिका सामान बरामद गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्