करेन्ट लागेर घोराहीमा एक युवकको मृत्यु

३१ बैशाख- दाङ, करेन्ट लागेर घोराही माण्डबी गाउँपालिका–२ तिराम प्युठानका २४ वर्षीय श्याम नेपालीको मृत्यु भएको छ ।

भानपुर चोकस्थित सञ्जीवनी मेडिकलको नयाँ भवनको छत ढलान गर्ने क्रममा आइतबार राति करेन्ट लागेर नेपालीको मृत्यु भएको हो ।

 

प्रहरीका अनुसार करेन्ट लागेर घाइते भएका नेपालीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्