तीन लाख बढीको अबैध सामान कञ्चनपुरमा बरामद

२६ बैशाख- कञ्चनपुर,  कञ्चनपुर प्रहरीले तीन लाख बढीको अबैध सामान बरामद गरेको छ।

इकाका प्रहरी कार्यालय बेलौरीले ४० हजार ८ सय मुल्यको अबैध सामान बरामद गरेको हो। इलाका प्रहरी कार्यालय दोधराले ७ हजार, इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीले एक लाख १० हजार ७०, वडा प्रहरी कार्यालय महेन्द्रनगरले ६ हजार दुई सय, इलाका प्रहरी कार्यालय गड्डाचौकीले एक लाख एक हजार चार सय, इलाका प्रहरी कार्यालय शंकरपुरले १० हजार, प्रहरी चौकी परासनले २९ हजार ७ सय ४० मुल्यको अबैध सामान नियन्त्रणमा लिएको हो।

प्रतिक्रिया दिनुहोस्