६ महिनादेखि तलब नदिएपछि कतारमा ६२५ जना नेपाली अलपत्र

१४ वैशाख – कतार, कतारको अल जावर पार्टनर्स कम्पनीले ६ महिनादेखि तलब नदिएपछि ६२५ जना नेपाली अलपत्र परेका छन्।

तलब नदिएपछि उनीहरुले काम रोकेर प्रशासनलाई जानकारी गराएर बसेको छन् । समस्यामा परेकाहरूलाई गत शनिबारदेखि एनआरएनए कतारले खानाको व्यवस्था गर्दै आएको छ ।

 

उक्त कम्पनीमा करिब १५०० कामदार रहेका र ६२५ नेपाली बाहेक अरु सबै विदेशी कामदार रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्