१२ बैशाख- कञ्चनपुर, कञ्चनपुरमा एक जनाले आफ्नै दाइको ढुङ्गा हानेर हत्या गरेका छन्।
भीमदत्त नगरपालिका–१ सृजना टोलका ३५ वर्षीय दिपक नेपालीलाई हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। उनले आफ्नै दाइ नाता पर्ने ४० वर्षीय गणेश नेपालीको हत्या गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेशराज जोशीले बताए।
वडा प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस्