काठमाडौं, जेठ ४ गते ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेशले एएसबीसी एसियाली यु–२२ बक्सिङ च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई बिहीबार नगदसहित सम्मान गरेको छ ।
जनवरी १८ देखि २६ तारिखसम्म थाइल्यान्डको बैंककमा भएको प्रतियोगिताको महिला ४८ केजीमा सुष्मा तामाङले रजत तथा ५७ केजीमा हेमा राई र ७५ केजीमा त्रिशा जबेगुले कांस्य जितेका
थिए । पुरुष ८६ केजीमा विजय बाटाले कांस्य हात पारेको थिए ।
सुष्माले २० हजार नगद पुरस्कार पाइन् । सुष्माले जितेको रजत पदक नेपाली बक्सिङको इतिहासमा कुनैपनि नेपाली खेलाडीले एसियाली स्तरमा जितेको सबै भन्दा ठूलो पदक हो । बाँकी कांस्य
विजेताले जनही १० हजार नगद पुरस्कार पाए । झापाकी त्रिशा भने कार्यक्रममा उपस्थित थिइनन् ।
सो प्रतियोगिताका प्रशिक्षकद्वय दीपक महर्जन र सन्दिप श्रेष्ठ समान ५–५ हजार नगदसहित सम्मानित भए भने व्यवस्थापक ओमनारायण श्रेष्ठलाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको थियो ।
उक्त प्रतियोगितामा सहभागी लालप्रसाद उप्रेती र इन्द्रबहादुर सुनारलाई पनि प्रशंसा पत्रबाट सम्मानित भए । सोही अवसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा योगदान पु¥याएवापत
प्रशिक्षक राजकृष्ण महर्जन र नवीन तण्डुकार पनि सम्मानित भए ।
उनीहरुलाई युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू, बागमती प्रदेशकी सांसद् मिना पराजुली, नेपाली कांग्रेसकी केन्द्रीय सदस्य राधा घले, नेपाल लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेशका अध्यक्ष दीपक गुरुङलगायतले एक कार्यक्रमबीच नगद र प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।
सो अवसरमा खेलकुद मन्त्री लिम्बूले खेलकुदलाई माथि उठाउन सक्दो र इमानदार प्रयास गर्ने बताए । अध्यक्ष गुरुङले खेलाडीको हौसला अभिबृद्धि गर्न संघले खेलाडीलाई सम्मान गर्दै आएको बताए ।
प्रतिक्रिया दिनुहोस्