कुहिएको अवस्थामा कञ्चनपुरमा शव फेला

चैत्र १३- कञ्चनपुर,  कञ्चनपुरमा कुहिएको अवस्थामा शव फेला परेको छ। महेन्द्रनगरको खुला मञ्चको पछाडी एक पुरुषको शव फेला परेको हो।

प्रहरीका अनुसार खुला मञ्चको पर्खाल पछाडी भीमदत्त नगरपालिकाले सब्जीमन्डी व्यवस्थापनका लागि बनाएको नयाँ भवन संरचनाको पछाडीको रुखसँग टासिएको अवस्थामा शव फेला परेको छ। शव कुहिएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ।

अहिलेसम्म शवको पहिचान खुलेको छैन।

प्रतिक्रिया दिनुहोस्