मलामी गएर फर्किएका पोखरेलको ट्याक्टरले किचेर मृत्यु

चैत ८- खोटाङ, ऐंसेलुखर्क गाउँपालिका–६ ज्यामिरे सल्लेका ५१ वर्षीय रणबहादुर पोखरेलको ट्याक्टरले किचेर बुधबार साँझ मृत्यु भएको हो ।

दुधकोशीबाट बालुवा ल्याएर आउँदै गरेको न ४ त ७८०६ नम्बरको ट्याक्टरमा मलामी गएर फर्किएका पोखरेल पनि चढेका थिए । रणबहादुर पोखरेल ट्याक्टरको पछाडिको डालामा बसेका थिए । पोखरेलको घर नजिक पुगेर झर्ने क्रममा उनलाई ट्याक्टरले किचेको हो।

दिउँसो ३ बजे ट्याक्टरले किचेर घाइते भएका पोखरेललाई उपचारका लागि एम्बुलेन्समा ऐंसेलुखर्क प्राथमिक उपचार केन्द्र लगिएको थियो । अस्पताल पुगेको केही समयपछि पोखरेलको मृत्यु भएको बताइएको छ ।

ट्याक्टरका चालक र सहचालक पक्राउ परेका छन् ।यस विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ऐंसेलुखर्कले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्