सशस्त्र प्रहरीले १६४ किलो गाँजा बरामद गर्यो

चैत्र ७-सुनसरी,  सशस्त्र प्रहरी बल सुनसरीले बुधबार विहान साढे १ बजे झण्डै १६४ किलो गाँजा बरामद गरेको छ।

बुधबार विहान १ बजेर ३५ मिनेट जाँदा सो गणले १६३.८४५ ग्राम गाँजा बरामद गरेको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले बताएको छ ।

सप्तोकोशी नदीको किनारमा ५\६ जना व्यक्तिले डुंगाबाट निकाल्दै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश चतराबाट खटिएको ६ जनाको मोटरसाइकल गस्ती टोलीलाई देखेर गाँजा छाडी डुंगा लिई उनीहरु भागेको थिए।

गाँजा नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहीको लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा बुझाइएको छ।

सशस्त्र प्रहरी बल नेपाल नं ४ गणबाट १ फागुनदेखि हालसम्म १ एम्बुलेन्ससहित ५६४.४७५ किलो गाजा बरामद भइसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्