झापा, मेचिनगर नगरपालिका-१३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम २० मिलिग्रामसहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बुद्धशान्ति गाउँपालिका-३ बस्ने २९ वर्षीय भिम बहादुर मगर र सोही गाउँपालिका-२ बस्ने २४ वर्षीय रोशन उपरकोटी रहेका छन् । इलाका प्रहरी कार्यालय धुलाबारी र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम ८ सय ५० मिलिग्रामसहित गोदावरी नगरपालिका-४ बस्ने २२ वर्षीय बिषाल ऐडीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध डाइजेपाम २० एम्पुल, फेनारगन २० एम्पुल, बुप्रेनोर्फिन २० एम्पुल र नाइट्राभेट १ हजार ५० ट्याब्लेटसहित पर्सा वीरगंज महानगरपालिका-१६ बस्ने १७ वर्षीय किशोर समेत २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरीले ग.१ ख ९६१९ नम्बरको बसलाई जाँच गर्दा बसमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त कार्यमा संलग्न म्याग्दी मालिका गाउँपालिका-१ घर भई कास्की पोखरा महानगरपालिका-१४ बस्ने २३ वर्षीय एबिन पुनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा पोखरा महानगरपालिका-१० अमरसिंह चोकबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्