नेपालले पपुवा न्यूगिनीलाई ८५ रनले हरायो

फाल्गुन २९- हङकङमा जारी त्रिकोणात्मक टी–२० सीरीजको खेलमा नेपालले पपुवा न्यूगिनीलाई ८५ रनले पराजित गरेको छ ।

११३ रनमै अल आउट भएको पपुवा न्यूगिनीको टीमले १९९ रनको विशाल लक्ष्य पाएको थियो ।

नेपालका लागि आजको खेलमा कुशल भूर्तेलले सर्वाधिक चार विकेट लिए, त्यस्तै प्रतिस जिसीले दुई विकेट लिए भने आकाश चन्द र गुल्शन झाले एक(एक विकेट लिए ।

आजको जीतसंगै नेपाल फाइनलमा प्रवेश गरेको छ । फाइनल खेल भोलि मंगलवार खेलिँदैछ ।

प्रतिक्रिया दिनुहोस्