आजदेखि पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ ।

 

फाल्गुन ४- काठमाडौँ,  आजदेखि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । बिहीबार निगम सञ्चालक समितिको बैठकले गएराति १२:०१ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यवृद्धि गरेको हो ।

पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु दुई रुपैयाँ वृद्धि भएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए । निगमले हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत राखेको छ ।

निगमले पहिलो, दोस्रो र तेस्रो वर्गका लागि पेट्रोल प्रतिलिटर क्रमशः रु १६९.५०, १७१ र १७२ तथा डिजेल/मट्टितेल क्रमशः १५७.५०, १५९ र १६० तोकेको छ ।

इण्डियन आयल कर्पोरेसनबाट बिहीबार प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर रु १.८३ र डिजेलमा रु १.५६ बढेर आएको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्