माघ २८- सुनसरी, धरान उपमहानगरपालिका-१३ जिरोप्वाइन्टबाट अवैध लागूऔषध गाँजा १ सय ४९ किलोसहित १४ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट अमरहाटबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ जाँदै बिआर १० पि ९१५४ नम्बरको बोलेरोबाट ५० किलो गाँजासहित चालक भारत बिहार कुर्निया बस्ने ३१ वर्षीय मनोरन्जन मुइमार समेत ४ जना र एमपि १७ टिए ०५१२ नम्बरको बोलेरोबाट ९९ किलो गाँजासहित चालक भारत बिहार कुर्निया बस्ने ३९ वर्षीय गोपी मण्डलसमेत ५ जनालाई पक्राउ गरेको हो । साथै उक्त लागूऔषधको कारोबारमा संलग्न बिआर १० एजे ४४८६ नम्बरको कारमा सवार भारत बिहार कुर्निया बस्ने २३ वर्षीय सन्तोष साहसमेत ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्