मोरङको विराटनगर महानगरपालिका–११ पाञ्चालीमोडबाट स्रोत नखुलेको रकम सहित एक जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा बिराटनगर–१५ का ४३ वर्षीय अनिल यादव रहेका छन् । आज अपरान्ह कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरी टोलीले BR33Z 9796 नम्बरको मोटरसाइकलमा सवार रहेका यादवलाई शंका लागेर चेकजाँच गर्ने क्रममा उनको साथबाट स्रोत नखुलेको नेपाली रुपैयाँ ४ लाख ६२ हजार ५ सय बरामद गरेको हो ।
स्रोत नखुलेको नेपाली रुपैयाँसहित पक्राउ परेका यादवलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाइएको छ ।
प्रतिक्रिया दिनुहोस्