दोश्रो जीवन्त नेपाल म्यूजिक अवार्ड २०८० पुष २१ गते हुँदै

पुष २० -काठमाडौं,  दोश्रो जीवन्त नेपाल म्यूजिक अवार्ड २०८० पुष २१ गते हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला शिर्पाली ठकुरीको प्रमुख आतिथ्यमा जमल स्थित साँस्कृतिक संस्थान राष्ट्रिय नाचघरमा अवार्ड कार्यक्रम हुने भएकाले भव्य तयारी भइरहेको छ ।

रामेछाप जिल्लाको शान खाँडादेवी,सुनापाती र दोरम्वाको सँगमस्थल अग्लेश्वरी हिल्स जोडिएको छ । अग्लेश्वरी सँगै विश्व सम्पदाको प्राकृतिक सुचीमा सुचीकृत शैलुङ पनी छ । धार्मिक,साँँस्कृतिक र पर्यटन क्षेत्रको अभिवृद्धि गर्ने उदेश्यले ,साँँस्कृतिक पाटोवाट कलाकारले पर्यटन क्षेत्रलाई चिनाउन मद्धत गर्ने भएकाले कलाकारलाइ सम्मान गर्ने , प्रोत्साहन गर्ने तवरले यो अवार्डको आयोजना गरिएको अवार्डका अध्यक्ष र अग्लेश्वरी हिल्स विकास कोषका अध्यक्ष तथा गायक सिजम सिंजालीले जानकारी दिए ।

अग्लेश्वरी हिल्स विकास कोषको आयोजनामा हुन गइरहेको अवार्ड ४५ विधावाट सर्वोत्कृष्ठमा घोषणा हुनेछ ।

 

 

प्रतिक्रिया दिनुहोस्