पुस १५ – काठमाडौं, बालकुमारीमा भएको प्रदर्शनबाट पक्राउ परेका सबैलाई प्रहरीले छोडेको छ ।
दक्षिण कोरियाका लागि रोजगार अनुमति प्रणाली (ईपीएस)का सबै क्षेत्रमा परीक्षा दिन पाउनुपर्ने भन्दै भएको प्रदर्शनमा ७० बढी पक्राउ परेका थिए ।
स्रोतका अनुसार मुद्दा नचलाउने निर्णय भएपछि उनीहरूलाई प्रहरीले छोडेको हो ।
यसअघि सिप बिल्डिङ क्षेत्रका लागि परीक्षा दिएका विद्यार्थीले उत्पादनमूलकका लागि पनि आवेदन दिन पाउनु पर्ने भन्दै गत शुक्रबार बालकुमारीमा प्रदर्शन गरेका थिए ।
प्रदर्शनका क्रममा भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने गाडी जलाउनुका साथै तोडफोड गरेका थिए ।
सोही प्रदर्शनलाई नियन्त्रणमा लिने क्रममा दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्युसमेत भएको छ ।उनीहरूको मृत्यु भएपछि काठमाडौंलगायत देशका विभिन्न ठाउँमा प्रदर्शन भइरहेको छ । आफन्तले शव उठाउन मानेका छैनन् ।
प्रतिक्रिया दिनुहोस्