पुष २-रूपन्देही, तिलोत्तमा नगरपालिका-११ करैया सामुदायिक वनबाट २ नाल भरुवा बन्दुक, छर्रा र बारुद सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा देवदह नगरपालिका-१० गैरीगाँउ बस्ने ४८ वर्षीय कर्ण बहादुर परियार र सोही नगरपालिका-१० चरङगे बस्ने ४२ वर्षीय दिपक परियार रहेका छन् । ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्