मोरङको बुढिगङ्गा गाउँपालिकामा सडकको रिटेनिङ वालको काम रोक्न माग गर्दै एक युवक बिजुलीको हाइटेन्सन लाइनको पोलमा चढेका छन्।
उनी ४ घण्टादेखि हाइटेन्सन लाइनको पोलमा चढेर बसिरहेका छन्। मोरङको बुढीगंगा गाउँपालिका–७ डंग्राहाका ४० वर्षीय दिनेश कुमार माझी सडकमा निर्माण भइरहेको रिटेनिङ वालको निर्माणको काम गुणस्तरीय नभएको भन्दै रोक्न माग राख्दै १ लाख ३२ हजार भोल्टको प्रसारण लाइनको पोलमा चढेका हुन्।
उनले गाउँपालिका अध्यक्ष जित नारायण थापा मगर र उपाध्यक्ष अमृता कुमारी गच्छदार थारुले आफनो मागलाई वेवास्ता गरे आत्मदाह गर्ने चेतावनी समेत दिएका छन्। उनी शनिवार बिहान ६ बजे चढेको स्थानीयले बताएका छन्। अहिले पनि दुहबीबाट झापाको दमक तिर गएको १ लाख ३२ हजार भोल्टको प्रसारण लाइनमा टावरमा चढेका छन्,
’ बुढीगंगा ७ का वडाध्यक्ष पंकज थारु चौधरीले भने, ‘करिब ३० मिटर उचाइमा प्रसारण लाइनको टावरमा रहेका छन्। ती युवालाई उतार्न हामीले पहल र प्रयत्न गरेका छौँ। तर, युवाले मानिरहेको छैन।’ अध्यक्ष र उपाध्यक्ष आएर आफ्नो माग सुनवाइ हुने बातवरण बनाए मात्र उत्रिने बताउँदै आएको उनले बताएका छन्।
वडाध्यक्ष थारुका अनुसार बुढीगंगा ७ वडा कार्यालयदेखि दक्षिण जाने सडकमा रिटेनिङ वाल निर्माणको काम भइरहेको छ। त्यही रिटेनिङ वाल रोक्नुपर्ने ती युवाको माग थियो।
प्रतिक्रिया दिनुहोस्