मंसिर २८- गायिका प्रमिला तामाङको नयाँ गीत “हरन वजाउँदै” सार्वजनिक भएको छ । सार्वजनिक भएसँगै चर्चा परिचर्चामा छ । लोकप्रिय गायक खेम सेञ्चुरी र स्वरकी धनी गायिका प्रमिला तामाङको स्वरमा रहेको गीतमा लय गोविन्द पंगेनीको रहेको छ भने शव्द नेत्र अर्यालको छ ।
प्रमिला तामाङ अफिसियल नामक युटयूव च्यानल मार्फत सार्वजनिक भएको गीतको भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका छन भने भिडियोमा ओवि रायमाझी र गायिका स्वयं तामाङको अभिनय रहेको छ । नबराज उप्रेतीले खिचेको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन ।
गायिका तामाङको यसभन्दा अघि शुभनाम के प¥यो , विजुली झिलीली,पूर्वै झुल्क्यो घाम, जादु चलायो लगायतका दोहोरी र अन्य तामाङ भाषाका गीतहरु लोकप्रिय रहेका छन ।
भिडियो:
प्रतिक्रिया दिनुहोस्