चोरेको बस चितवन लैजाँदै गर्दा पक्राउ

मंसिर २४-पोखरा, पोखराबाट एक किशोरले बस चोरी गरेका छन् । पोखरा ९ पृथ्वीचोकमा पार्किङ गरि राखेको बस चोरेर लैजाँदै गर्दा किशोर पक्राउ परे । शुक्रवार ग १ ख ९६३८ नम्बरको बस उनले चोरेर चितवन लगेका हुन् ।

बस चोरी भएको सूचना पाएपछि प्रहरीले खोजी थाल्यो । चितवनस्थित भरतपुर ११ आँपटारी चेकपोष्टबाट बससहित तनहुँ म्याग्दे घर भएका १७ वर्षीय किशोर पक्राउ परेका छन् ।

बालकको परिचय प्रहरीले गोप्य राखेको छ । उनलाई जिल्ला अदालतबाट चोरी तथा डाँका मुद्दामा म्याद थप गरी अनुसन्धान थालिएको डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्