सुन, चाँदी र नगदसहित एक जना पक्राउ

मंसिर १९-काभ्रे, बनेपा नगरपालिका-७ बखुन्डोल डेरा गरी बस्ने भारत महाराष्ट्र साङली घर भएका ३९ वर्षीय सचिन बिभुतेलाई बिलबिजक नभएको सुन जस्तो देखिने धातु करिब २० तोला तथा चाँदी १ सय ६२ तोला र स्रोत नखुलेको नगद ५ लाख ७६ हजार १ सय ३५ रूपैयाँसहित सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

उनको कोठामा सुन, चाँदी लुकाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उक्त सुन, चाँदी र नगद सहित फेला पारी नियन्त्रणमा लिएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्