मंसिर १८- बाग्लुङ, बडीगाड गाउँपालिका-१० चैते बस्ने आफ्नै काका ४० वर्षीय लालमन बिकको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३३ वर्षीय हिरालाल बिकलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
हिरालालले आइतबार राति सामान्य विवाद हुँदा कोदालोले टाउकोमा प्रहार गर्दा लालमानको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भिमगिठ्ठे र ईलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्