कार्तिक १९-मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब ९ केजीसहित ३ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मनहरी गाउँपालिका-८ बस्ने ४० वर्षीय मंगल थोकर, ५० वर्षीय बुद्धि मोक्तान र १८ वर्षीय किशोर रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले ना.४ ख ५९२२ नम्बरको बसमा सवार उनीहरुलाई ३/३ केजी गरी उक्त परिमाणको गाँजा फेला पारी पक्राउ गरेको हो ।
बारा, निजगढ नगरपालिका-११ बाह्रकिलोबाट अवैध लागूऔषध गाँजा ६ केजीसहित ३ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रौतहट दुर्गा भगवती गाउँपालिका-५ बडहर्वा बस्ने ३८ वर्षीय ईस्लाम मंसुरी, झापा शिबसतासी नगरपालिका-६ शिबगंज बस्ने २८ वर्षीय बिबेक कुमार ठाकुर र सुनसरी रामधुनी नगरपालिका-१ शिवचोक बस्ने ४१ वर्षीय कुबेर दाहाल
रहेका छन् । ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले को.१ ख ७९१४ नम्बरको बसमा सवार ईस्लाम, बस चालक ठाकुर र सह-चालक दाहाललाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
सर्लाही, हरिपुर नगरपालिका-९ पिडारी बस्ने २२ वर्षीय सुमित साहलाई अवैध लागूऔषध गाँजा करिब ६ सय ग्रामसहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । साहले आफ्नै घरमा गाँजा बेच्दै गरेको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय हरिपुरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
सवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्