धनगढीबाट बाजुरा जाँदै गरेको जिप सेतीमा खस्यो, एकै गाउँका चार जनाको मृत्यु, ६ घाइते

कार्तिक १९-धनगढी, धनगढीबाट बाजुरा जाँदै गरेको जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

धनगढीबाट बाजुरा जाँदै गरेको जिप शनिवार राति २:१८ मा केआई सिंह राजमार्ग अन्तर्गत डोटीको शिखर नगरपालिका वडा नम्बर-६ अण्यौलमा दुर्घटना भएको हो। २१ वर्षीय चालक महेश बुढाले चलाएको ग २ च २७७६ नम्बरको बोलेरो जिप सडकबाट अनियंत्रित भएर अन्दाजी ५०/६० मिटर तल सेती नदीमा खसेको प्रहरीले जनाएको छ।

दुर्घटना परि बाजुराको हिमाली गाउँपालिका वडा नम्बर-५ कि २२ वर्षीया राधिका मलाल, सोही ठाउँकी ३२ वर्षीया धनशोभा बुढा, मृतक धनशोभाका ६ वर्षीय छोरा कविन्द्र बुढा र दुर्घटनामा परि गम्भीर घाइते भएकी विमला मलालकी अन्दाजी ८ महिनाकी छोरी प्रार्थना मलाल रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्