कार्तिक १८- जाजरकोट, जाजरकोटमा केन्द्रविन्दू बनाएर शुक्रबार राति आएको भूकम्पमा परेर १२८ जनाको मृत्यु भएको छ भने १४१ जना घाइते भएका छन्।
कर्णाली प्रदेश प्रहरीका अनुसार बारेकोट गाउँपालिका -१, रामीडाँडामा ४४ जनाको मृत्यु भएको छ भने ७० जना घाइते भएका छन्।
त्यस्तै रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ भने ८५ भन्दा बढी घाइते भएका छन् ।
जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११:४७ मा गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पबाट पश्चिम नेपाललमा सयौँ घरसमेत भत्किएका छन् । मध्यरातमा भूकम्प गएका कारण क्षतिको पूर्ण विवरण आइनसकेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्