दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कार्तिक ९-वीरगञ्ज , दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा बारामा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

बुधबार राति आठ बजेको समयमा बाराको सुवर्ण गाउँपालिका वडा नम्बर ४ हर्दियास्थित बीआर २९३३ नम्बरको मोटरसाइकल र बिपरीत दिशाबाट आउँदै गरेको ना ४४ प ११९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको थियो ।

दुर्घटनामा परि ना ४४ प ११९ नम्बरको मोटरसाइकल चालक महागढीमाई नगरपालिका-७ बेनौली टोल बस्ने ४५ बर्षिय राकेश यादवको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए ।

दुर्घटनामा परि अर्को मोटरसाईकल चालक मिनताज देवानको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्