कार्तिक ८-बझाङ, बझाङको जयपृथ्वी अस्पताल चैनपुरको फार्मेसीमा कार्यरत एक स्वास्थ्यकर्मी माथि हातपात भएको छ।
जयपृथ्वी नगरपालिका–१० चैनपुका सुदिप सुनार लगायतका व्यक्तिले अस्पताल फार्मेसीभित्र प्रवेश गरेर जबजस्ती औषधि माग्न खोजेका थिए। तर स्वास्थ्यकर्मी खड्काले उक्त औषधि चिकित्सको अनुमतिबिना बिक्रिवितरण गर्न नमिल्ले बताएपछि खड्कालाई गालीगलौज गर्दै हातपात भएको अस्पतालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ। स्वाथ्यकर्मी खड्का माथि मंगलवार हातपात भएको हो। हातपात गर्ने सोहि स्थानका सुदिप सुनार र सन्तोष कुँवरलाई नियन्त्रणमा लिएको बझाङ प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्