असोज २५-बनेपा, बनेपाबाट ७ किलो चाँदीसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्। पूर्वबाट काठमाडौं आउँदै गरेको गाडीमा प्रहरीले चेकजाँच गर्ने क्रममा ७ किलो चाँदीसहित भारतीय नागरिक आश्विनी सर्राफ पक्राउ परेका हुन्।
काठमाडौंबाट आएको सशस्त्र प्रहरी र राजस्व विभागको टोलीले सवारी चेकजाँच गरेको हो।
पक्राउ परेका व्यक्ति र चाँदीलाई काठमाडौं ल्याउँदै गरेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्