टीकापुरबाट अबैध रकमसहित तीन भारतीय नागरिक पक्राउ

असोज २४-अत्तरिया, कैलालीको टीकापुरमा अवैध रकमसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन् । मंगलबार साँझ गस्ती गरिरहेको समयमा विषेश सूचनाका आधारमा राजस्व अनुसन्धान तथा औधोगिक शिक्षालय  टीकापुरको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बलका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोदराज श्रेष्ठका अनुसार  उनीहरुको साथबाट प्रहरीले नेपालमा प्रतिबन्धित पाँचसयका भारतीय नोटसहित  ३ लाख ८७ हजार भातीय रुपियाँ  र  ६ लाख २३ हजार  नेपाली रुपियाँ बरामद गरेको हो ।

साथै उनीहरु चढेको एक भारतीय नम्बरप्लेटको टाटा गाडी समेत नियन्त्रणमा लिइएको शिक्षालयका प्रमुख श्रेष्ठले जानकारी दिनुभयो  । अहिले नगदसहित समातिएका उनलाई  राजस्व अनुसन्धान ताथा औद्योगिक तालिम शिक्षालय टीकापुरमा राखिएको छ ।

उनलाई राजस्व अनुसन्धान कार्यालयमा पठाउने तयारी भइरहेको समेत उहाँले जानकारी दिनुभयो । रकमबारे थप अनुसन्धान भइरहेको र घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

 

–गोरखापत्र

प्रतिक्रिया दिनुहोस्