अमेरिकाको टेक्सास राज्यमा घरबारविहीन र आप्रवासीहरूका लागि आश्रयस्थल नजिक रहेको बस स्टपमा एउटा कारले एक समूहलाई ठक्कर दिँदा सात जनाको मृत्यु भएको छ । घटना मेक्सिकोको सीमा नजिकैको ब्राउन्सभिल सहरमा स्थानीय समय अनुसार बिहान ८ः३० बजे भएको थियो।
ब्राउन्सभिल प्रहरीले घटना नियोजित हो कि होइन भन्ने स्पष्ट नभएको बताएको छ । यसअघि अमेरिकी सञ्चारमाध्यमले प्रहरीलाई उद्धृत गर्दै यो नियोजित हमला भएको बताएको थियो्, कम्तिमा छ जना अन्य घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर छ। चालकलाई नियन्त्रणमा लिएर मुद्दा चलाइएको छ ।
घटनापछि चालकलाई उपचारका लागि अस्पताल लगिएको र लागुऔषध र मदिरा परीक्षण गरिएको प्रहरीले जनाएको छ । उनले अधिकारीसँग असहयोग गरेको बताइएको छ । अमेरिकी सीमा सुरक्षा अधिकारीहरूका अनुसार ब्राउन्सभिल सहरमा हालै अवैध आप्रवासीहरूको आगमनमा तीव्र वृद्धि भएको छ।
प्रतिक्रिया दिनुहोस्