सुनसरीमा घुससहित विद्युत प्राधिकरणका कर्मचारी पक्राउ

भदौ १९-विराटनगर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नेपाल विद्युत प्राधिकरण, इनरुवा वितरण केन्द्रका कर्मचारीलाई पक्राउ गरेको छ ।

सेवाग्राहीसँग लिएको २५ हजार रुपैयाँ घुस लिएको पाएपछि सुनसरीको इनरुवा वितरण केन्द्रमा कार्यरत फोरम्यान विर्जुकुमार महतोलाई पक्राउ गरेको अख्तियारले जनाएको छ ।

स्थानीय एक उद्योगमा विद्युत क्षमता वृद्धि गरिदिए बापत सेवाग्राहीसँग घुस मागेको सूचनापछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट मंगलबार दिउँसो  खटिएको टोलीले महतोलाई पक्राउ गरेको हो ।

महतोलाई ईनरुवा नगरपालिका – ३ बाट नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दहालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्