राजा चार्ल्स तृतीयको राज्याभिषेक सम्पन्न

राजा चार्ल्स तृतीयको राज्याभिषेक सम्पन्न भएको छ । उनलाई आर्चबिशपले भव्य समारोहबीच ताज लगाइदिनु भएको हो ।

यो ३६० वर्ष पुरानो ताज २२ क्यारेट सुनले बनेको छ । यो ३० सेन्टिमिटर लामो छ, यसको वजन लगभग दुई किलो २३० ग्राम छ। यो दुईवटा अनानासको तौल वा दुई लिटर पानीको बोतलको तौल बराबर हुन्छ। यो मुकुट यसअघि महारानी एलिजाबेथ द्वितीयले सन् १९५३ मा उनको राज्याभिषेकमा लगाउनु भएको हो र विगत ७० वर्षदेखि यो मुकुट टावर अफ लन्डनबाट विरलै बाहिर आएको छ।

राजा चार्ल्सप्रति निष्ठा व्यक्त गर्दै आर्चबिशप सम्मानमा झुक्नु भएको छ । आर्च शपले वेस्टमिंस्टर एबेमा र घरमा कार्यक्रम हेरिरहेकाहरूलाई यी शब्दहरूका साथ राजा चार्ल्सप्रति वफादारीको शपथ लिन आग्रह गर्नुभयो । रानी कन्सोर्ट क्यामिलालाई पनि ताज लगाइएको छ। तर, उहाँलाई सपथ लिन भने भनिएन ।

उनलाई रानी मेरीको ताज लगाइयो। राजा चार्ल्सको राज्याभिषेकका लागि करिब २ हजार मानिसलाई आमन्त्रण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्