भदौ ७-रामेछाप, आफ्नै घरको आँगनमा लडेर लिखु तामाकोशी गाउँपालिका–४ मा एक महिलाको ज्यान गएको छ ।
गएराति आँगनमा चिप्लिएकी ४५ वर्षीया सरिता तामाङको घटनास्थलमै ज्यान गएको हो ।
लडेर उहाँको टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता रञ्जन गिरीले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको गिरीले बताउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्